• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

पहिरोले पुरिँदा गयाे ज्यान

समाचार

लमजुङ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको  ‘लोडर’ चालकको पहिरोले पुरिँदा ज्यान गएको छ ।  

आज बिहान  लोडर लिएर कामतर्फ जाँदै गर्दा  माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर   हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताउनुभयो । गम्भीर घाइते चालक तामाङकोे काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको  उहाँले जानकारी दिनुभयो  । सो आयोजनाको ४२ दशमलव ६० मेगावाट क्षमता रहेको छ । 

 

 

–रासस
 

प्रतिकृया दिनुहोस