डोटीमा जिप दुर्घटना, दुई जानको ज्यान गयो
काठमाडौं । डोटीमा बुधबार बिहान ४ः३० बजेतिर जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
दार्चुलाबाट कैलाली आउँदै गरेको सुप प्र ०१–००१ढ १४८९ नम्बरको जिप डोटी जोरायल गाउँपालिका–१ को खडिलामा दुर्घटना भएको हो ।
दुर्घटनामा तीन वर्षीया रितिका पार्की र अर्की एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । महिलाको घटना स्थलमै ज्यान गएको थियो भने बालिकाको उपचारको क्रममा क्रममा धनगढीमा ज्यान गएको हो ।
जिपमा चालक सहित नाै जना सवार थिए । ती मध्ये सात जना घाइते छन् ।


प्रतिकृया दिनुहोस