• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

उदयपुरको त्रियुगामा टिफरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–१ फुलजोरमा टिफरले मोटरसाइकललाई ठक्कर दिँदा मंगलबार दुई जनाको ज्यान गएको छ । 

उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेलटारबाट गाइघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको टिफरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । 

ज्यान गुमाउनेमा मोटरसाइकल चालक बेलका नगरपालिका–१ का ३० वर्षीय रवीन श्रेष्ठ र मोटरसाइकलमा सवार त्रियुगा–३ का २४ वर्षीय वीरा राई रहेका छन् ।

प्रतिकृया दिनुहोस