• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

हुरीले ढालेको रुख बज्रदा एकजनाको गयाे ज्यान 

समाचार

मध्यविन्दु (नवलपरासी)  । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रदा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडलका अनुसार आज बिहानको हुरीले रुख ढालेको रुख बज्रदा  थापाको ज्यान गएको हो । वनमा उद्धार गर्न गएका सुरक्षाकर्मीले उहाँलाई मृतावस्थामा फेला पारेका हुन् । थापाको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल  पठाइएको छ । 

 

–रासस
 

प्रतिकृया दिनुहोस