• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको ज्यान गएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइकलमा सवार सोही स्थानका ३१ वर्षीय साकार केसीको ज्यान गएको हो । 

 दाङ तुलसीपुर–२ कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी अटो चालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन् । घाइतेको नेपालगञ्जमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस