धनकुटामा मलामी बोकेको ट्याक्टर दुर्घटना, एक जनाको ज्यान गयो
काठमाडौं । धनकुटामा मलामी सवार ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
सोमबार अपराह्न को १ त ९७३७ नम्बरको ट्याक्टर धनकुटाको छथरजोरपाटी गाउँपालिका–४ को सिदवा त्रिवणीघाटमा दुर्घटना हुँदा ४५ वर्षीय वीरबहादुर खनालको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते सात जनाको अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।


प्रतिकृया दिनुहोस