तनहुँमा प्रहरीको ट्रक दुर्घटना, एकको निधन
काठमाडौं । तनहुँमा नेपाल प्रहरीको ट्रक दुर्घटना भएको छ । देवघाट मेलाका ड्युटी सकेर पोखरा फर्कंदै गरेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान सन्दिप केसी छन् ।
दुर्घटनामा १५ जना घाइते भएको र चार जनाको अवस्था गम्भीर रहेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी प्रकाश रानाभाटले जानकारी दिए ।
घाइतेहरुको चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रकमा ३४ जना प्रहरी अधिकारी सवार थिए ।
पोखरा गणबाट खटिएको प्रहरी टोली देवघाट मेलाको ड्युटी सकेर फर्कंदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।


प्रतिकृया दिनुहोस