• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सुरु भयाे सफा हिमाल अभियान

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपाली सेनाले सफा हिमाल अभियान सुरु गरेको छ । 

बिहीबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान, २०२४ का टोलीलाई ब्यानरसहित सामान हस्तान्तरण गरी अभियानको शुभारम्भ गर्नुभएको हो ।

यस अभियानमा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सोभन्दा माथिका उचाईहरुबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको सेनाले जनाएको छ ।

संकलित फोहोरमध्ये नसड्ने फोहोर रिसाइकिल गर्ने संस्थालाई हस्तान्तरण गरिने प्रधानसेनापति शर्माले बताउनुभयो । उहाँले संकलित फोहरलाई उचित व्यवस्थापन गर्न सके अभियानको औचित्य पुष्टि हुने बताउनुभयो । प्रधानसेनापति शर्माले हिमालमा फोहर नै गर्न नदिने गरी सचेतना फैलाउनुपर्ने र नियमकर्ता र कानुन निर्माताले पनि ध्यान दिनुपर्ने बताउनुभयो । 

अभियान ०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सहायक रथी सञ्जय देउजाले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस