• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नारायणी पुलबाट हाम फालेकी महिलाको अचेत अवस्थामा उद्धार, नुहाउने क्रममा नहरमा बेपत्ता युवाको शव फेला

खबर स‌ंवाददाता

काठमाडाैं । चितवनको भरतपुर महानगरपालिका-३ पुलचोकस्थित नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको उद्धार गरिएकाे छ ।

आइतबार सशस्त्र प्रहरीले उनलाई अचेत अवस्थामा उद्धार गरेको हाे । हामफालेको केही बेरमै उनलाई नं. १७ गण चितवनको आईआरटी टोलीले सिभिल बोटको सहयोगमा उद्धार गरी उपचारका लागि भरतपुर अस्पतालतर्फ पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैबीच सुनसरीको ईटहरी उपमहानगरपालिका-८ ढोकापुलस्थित सप्तकोशीको चतरा खनार नहरमा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीले फेला पारेको छ । सोही ठाउँमा डेरा गरी बस्ने १८ वर्षीय अम्बिराज राई नुहाउने क्रममा साे नहरमा डुबेर बेपत्ता भएका थिए । नं. १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस दुहवीबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनको शव फेला पारेको हो ।

प्रतिकृया दिनुहोस