टुँडिखेलमा यसरी मनाइयाे सेना दिवस (फाेटाेफिचर)
काठमाडाैं । नेपाली सेनाले शनिबार देशभर विभिन्न कार्यक्रम गरी महाशिवरात्री एवं सेना दिवस भव्य रूपमा मनाएकाे छ ।
महाशिवरात्रि तथा २६१औँ सेना दिवसको अवसरमा नेपाली सेनाले काठमाडाैंकाे सैनिक मञ्च टुँडिखेलमा विशेष समाराेह आयाेजना गरेकाे छ । समाराेहमा नेपाली सेनाले विभिन्न सैनिक कला प्रस्तुत गरेकाे छ ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत उच्च पदस्थहरुको सहभागिता थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो ।
समारोहमा सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र 'सेना दिवस-२०८०' लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ र कवाज प्रस्तुत गरेको थियो ।
सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यसाथ ३ सय महिला र ३ सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गरेका थिए ।
नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको सांगीतिक प्रस्तुति पनि गरिएको थियो । नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित सिपाही-२०८० वार्षिक पत्रिका विमोचन गर्नुभयो । उहाँले फ्री फल जम्प लगायत विभिन्न प्रतिष्पर्धामा प्रथम, दोस्राे हुनेलाई पुरस्कार प्रदान गर्नुभयो ।
सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।
हेर्नुस् तस्विर:
.png)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)


प्रतिकृया दिनुहोस