• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु

समाचार

काठमाडौं । नेपाली सेनाको सि.सं.१२ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ । नगरकोटस्थित सैनिक वार कलेजमा शुक्रबार आयोजित समारोहमा बलाधिकृत रथी अशोकराज सिग्देलले तालिम उद्धघाटन गरेका हुन् । 

तालिमको दौरान विविध सैनिक विषयका साथै राष्ट्रिय हितहरू, त्यसको सम्बर्धन र प्रवर्धन गर्ने तरिका, राष्ट्रिय सुरक्षा नीति तथा रणनीतिहरू जस्ता अति महत्वपूर्ण विषयहरूको बारेमा ज्ञान आर्जन गर्न सकिने रथी सिग्देलले बताउनुभयो ।

तालिमका सहभागी अधिकृतहरूलाई भविष्यमा उच्च तहका विभिन्न नियुक्तिमा रही कार्य गर्नुपर्ने राष्ट्रिय सुरक्षासँग जोडिने भएकाले कुनै पनि विषयको विश्लेषण गर्दा तटस्थ रही राष्ट्र र संस्थाको हितमा निर्णय गर्न तथा योजनाहरू बनाउन उहाँले सुझाव दिनुभयो । 

तालिम पश्चात्त सहभागी अधिकृतहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सैनिक तथा गैर सैनिक व्यक्तिहरुसँगै मिलेर काम गर्न सक्ने क्षमता, ज्ञान र आत्मविश्वास अभिवृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

नेपाली सेनाका लागि उच्च दर्जाको मानिएको तालिममा सेनानी दर्जाका ३५ जनाको सहभागिता छ ।   


 

प्रतिकृया दिनुहोस