• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सुनसरीको चतराबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा

सनराइज खबर संवाददाता

काठमाडाैं । सुनसरीकाे चतरामा सशस्त्र प्रहरीले गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएकाे छ ।

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ चतराबाट आज सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।

चतराबाट सुर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको दुई सय ७३ किलाेग्राम गाँजा सुरक्षा बेश चतराले नियन्त्रणमा लिएको हो ।

बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्याल्य महेन्द्रनगर चक्रघट्टीमा बुझाईएको सशस्त्र प्रहरी बलले बताएकाे छ ।

प्रतिकृया दिनुहोस