१८० यात्रु चढेकाे वाेइङ इरानमा दुर्घटना
एकसय ८० जना यात्रु चढेकाे युक्रेन एयरलाइन्सको एक विमान इरानमा दुर्घटना भएकाे छ । इरानको राजधानी तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विमान दुर्घटनामा परेको हो।
यात्रुहरुकाे अवस्थाबारे समाचार अाइसकेकाे छैन । बाेइङ ७३७ विमान उडेकाे केही बेरमै दुर्घटना भएकाे हाे । साे विमान तेहरानबाट युक्रेनकाे राजधानी कीभ जाँदै थियाे ।
प्राविधिक कारणले विमान दुर्घटनामा परेको इरानी सञ्चार माध्यमहरुले समाचार दिएका छन् । विमानमा चालक दलका कति सदस्य थिए भन्ने विवरण अाउन बाँकी छ ।


प्रतिकृया दिनुहोस