• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सशस्त्रका ४ डीआईजी र १०० एसपीको सरुवा (सूचीसहित)

खबर स‌ंवाददाता

काठमाडाैं । सशस्त्र प्रहरी बलका चार जना नायव महानिरीक्षक (डीआईजी) को काज सरुवा भएकाे छ ।

चार जना डीआईजीको काज सरुवा गरिएकाे सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकले जनाएकाे छ । डीआईजी गणेश ठाडा मगरलाई सीमा सुरक्षा विभागबाट ३ नम्बर गढीमाई बाहिनी मकवानपुरमा काज सरुवा गरिएको छ ।

दुर्गाप्रसाद भट्टराईकाे राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट ६ नम्बर महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरूवा भएकाे छ । लक्ष्मणबहादुर सिंहलाई नम्बर ३ गढीमाई बाहिनी मकवानपुरबाट सशस्त्र प्रहरी बल सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।

प्रदीपकुमार पाललाई ६ नम्बर महेश्वरी बाहिनी सुर्खेतबाट राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबारमा सरुवा गरिएको कार्यालयले जनाएकाे छ ।

हेर्नुस् सूची :

यस्तै सशस्त्रका एक सय जना प्रहरी उपरीक्षक (एसपी) को पनि सरुवा भएकाे कार्यालयले जनाएकाे छ । सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुलाई सशस्त्र प्रहरी बल रिजर्भ गण ४३ नम्बर हेडक्वार्टरबाट सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सरुवा गरिएको छ ।

हेर्नुस् सूची:

प्रतिकृया दिनुहोस