माेबाइल चार्ज गर्न गएकी युवतीमाथि सामूहिक बलात्कार
काठमाडौं । १९ वर्षिय युवतीलाई सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिरहाकै धनगढीमाई नगरपालिका घर भएका सुरेशकुमार यादव र गोलबजार नगरपालिकाका सन्तोष महतो रहेका छन् ।
ती युवतीलाई मोबाइल चार्ज गर्ने बहानामा कोठाभित्र लगेर दुईजनाले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिएका छन् ।घटनापछि सडक पेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
तत्कालै पुगेका प्रहरीले युवतीलाई उद्धार गरी दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक पुरीले बताए । पीडित युवती र दुवै युवकको राति नै स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस