• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

शान्ति सेनामा कार्यरत एक नेपाली सैनिकको निधन

सनराइज खबर संवाददाता

काठमाडाैं । शान्ति सेनामा कार्यरत एक नेपाली सैनिकको निधन भएकाे छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ पुरानो गोरख गण (शान्ति सेना) ६४औँ डफ्फामा कार्यरत सिपाही दाेलखाका सुवास थापाको निधन भएकाे हाे ।

उक्त गण हे.क्‍वा.काे बंकरमा ड्युीमा रहँदा माघ १८ गते आफैंले बोकेको हतियारबाट गोली लागि घाइते फेला परेका थापाकाे उपचारका क्रममा मृत्यु भएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उहाँको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको निर्देशनालयले जनाएकाे छ ।

हाल उक्त मिसन तैनाथ रहेको लेबनानको सीमावर्ती इलाकामा लडाइँ चलिरहेको हुँदा त्यसको मनोवैज्ञानिक असर हो वा अन्य कुनै कारण हो भन्नेबारे अनुसन्धान भइरहेकाे बताइएकाे छ । त्यहाँ तैनाथ उक्त गणमा रहेका सकल दर्जाको १ वर्ष कार्य अवधि पुग्ने क्रममा रहेकाे पनि निर्देशनालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस