• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रधानसेनापति शर्मा र बेलायतका सेनाध्यक्षबीच भेटवार्ता

सनराइज खबर संवाददाता

काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सबीच भेटवार्ता भएको छ।

प्रधानसेनापति शर्मा र बेलायतका सेना प्रमुखबीच मंगलबार भेटवार्ता भएकाे हाे ।

जंगी अड्डामा भेटमा उहाँहरुबीच नेपाल र बेलायतबीचको पारस्परिक सम्बन्ध, दुई देशका सेनाबीचको सुमधुर सम्बन्ध, आपसी हित लगायत भएकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।

भेटअघि बेलायतका सेना प्रमुखको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रतिकृया दिनुहोस