• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

तीन लाख धरौटीमा छुटे ‘सिद्धबाबा’ 

सनराइज खबर संवाददाता

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेको सिद्धबाबा भनिने कृष्णबहादुर गिरी धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई धरौटीमा छाड्न आदेश दिएका थिए । 

अदालतले तोकेको तीन लाख धरौटी बुझाएर सिद्धबाबा रिहा भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्मा भण्डारीले जानकारी दिए । 

एक महिलाले दिएको बलात्कारको उजुरीपछि सिद्धबाबा १६ मंसिरमा पक्राउ परेका थिए । 

जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले सिद्धबाबालाई ७ देखि १० वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।  
 

प्रतिकृया दिनुहोस