तीन लाख धरौटीमा छुटे ‘सिद्धबाबा’
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेको सिद्धबाबा भनिने कृष्णबहादुर गिरी धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई धरौटीमा छाड्न आदेश दिएका थिए ।
अदालतले तोकेको तीन लाख धरौटी बुझाएर सिद्धबाबा रिहा भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्मा भण्डारीले जानकारी दिए ।
एक महिलाले दिएको बलात्कारको उजुरीपछि सिद्धबाबा १६ मंसिरमा पक्राउ परेका थिए ।
जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले सिद्धबाबालाई ७ देखि १० वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।


प्रतिकृया दिनुहोस