• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

दाङमा गोली लागेर सशस्त्र प्रहरी जवानको ज्यान गयाे

सनराइज खबर संवाददाता

काठमाडाैं । दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको ज्यान गएकाे छ ।

वन्यजन्तु चोरी शिकारी गर्ने व्यक्तिले हानेको गोली लागेर दाङको घोराही उपमहानगरपालिका-७ हर्नियाका ३० वर्षीय सशस्त्र प्रहरी जवान जुगारु चौधरीको ज्यान गएकाे हाे ।

गाेली हान्ने घोराही-५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

बिहीबार सशस्त्र प्रहरी जवान चौधरी स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला शिकार खेल्न गएका शेरबहादुरले चलाएको गोलीको छर्रा चाैधरीकाे छातीमा लागेकाे थियाे ।

प्रतिकृया दिनुहोस