उपरथी ताराध्वज पाण्डेद्वारा राजीनामा
काठमाडाैं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ ।
उमेर विवादमा मुछिएपछि प्रधानसेनापति लाइनमा रहनुभएका उपरथी पाण्डेले शुक्रबार राजीनामा दिनुभएकाे हाे । सैनिक जनसम्पर्का तथा सूचना निर्देशनालय जंगी अण्डाका अनुसार उहाँकाे राजीनामा पत्र रक्षा मन्त्रालय पठाइएकाे छ ।
पाण्डेलाई रथीमा बढुवाका लागि प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको बोर्डले रक्षा मन्त्रालयमा पेस गर्ने तयारी गरेको थियो । तर पाण्डेको नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक देखिएको भन्दै छानबिनकाे माग उठ्याे ।
उहाँकाे उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । छानबिन पक्रिया अघि बढेपछि पाण्डेले राजीनामा दिनुभएको हो ।


प्रतिकृया दिनुहोस