कीर्तिपुरमा भेटिएको बम सेनाद्वारा निस्क्रीय
काठमाडौं । कीर्तिपुरमा बम भेटिएको छ । कीर्तिपुरको पाँगा क्षेत्रमा प्लाष्टिक ह्याण्ड ग्रिनेड भेटिएको महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले सनराइज खबरलाई जानकारी दिए ।
सो बम फोहोर फाल्ने ठाउँमा भेटिए लगत्तै प्रहरीले शतर्कता अपनाइ नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।
सेनाको टोलीले सो बमलाई डिस्पोज गरेको छ । सो क्रममा कुनै मानवीय क्षति भने भएको छैन ।
बम कसले राखेको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस