• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सिरहाबाट पेस्तोलसहित तीन जना पक्राउ

सनराइज खबर संवाददाता

काठमाडाैं । सिरहाको लहानबाट पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपालको ईन्टेलिजेन्स व्यूरोले सिरहाको लहानबाट एउटा ९ एमएमको अटोमेटिक पेस्तोलसहित तीन जनालाई साेमबार पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा सप्तरीको सुरुंगा नगरपालिका-८ का ३१ वर्षीय अनिल राम, सोही नगरपालिका-५ का ३० वर्षीय जिबानन्द चौधरी र सप्तरीकै खडक नगरपालिका-४ का ३५ वर्षीय सञ्जय प्रसाद चौधरी छन् ।

विशेष सूचनाको आधारमा खटिएको टाेलीले लहान नगरपालिका-१ बाट २ थान गोली लोड भएको अटोमेटिक पेस्तोल लगायत सामानसहित उनीहरुलाई पक्रेकाे हाे ।

उनीहरुकाे साथबाट १ लाख ८४ हजार २ सय ५३ रुपैयाँ, ४ थान मोबाइल, नेपाल टेलिकमको २२ थान सिमकार्ड, एनसेलको सिमकार्ड १४ थान, नेपाल टेलिकमकै ५० रुपैयाँ दरको २६ हजारको र १ सय दरको ९६ हजारको रिचार्ज कार्ड समेत बरामद भएकाे सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस