• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

मकवानपुर दुर्घटना : निधन हुने मध्ये दुईको सनाखत (अपडेट)

सनराइज खबर संवाददाता

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर–३ रामचन्द्र भन्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ । निधन हुने मध्ये दुईकाे सनाखत भएकाे छ । 

रौतहटको चन्द्रनिगाहपुरबाट मकवानपुर हुँदै काठमाडौं आइरहेको ना१ज ३४३३ नम्बरको सुमो सडकबाट ५ सय मिटर तल खस्दा घटनास्थलमै तीन जनाको मृत्यु भएको हाे । घटनास्थलमा मृत्यु हुनेको नाम भने खुलेको छैन । 

यस्तै फर्पिङको मनमोहन मेमोरियल अस्पतालमा उपचाररत दुईजनाको निधन भइसकेको छ । निधन हुने रौतहट चन्द्रपुर–९ का मनिष विक र उनको श्रीमती २० वर्षिय श्रृजना विक रहेको प्रदेश–३ प्रहरी कार्यालय हेटौंडाका एसपी अरुण पौडेलले जानकारी दिए । 

घाइतेमध्ये सर्लाही बागमती नगरपालिका–१ घर भएका रञ्जित रिजाल र रौतहट–५ घर भएका ५५ वर्षिय जय शाहको वयोधा अस्पतालमा उपचार भइरहेको छ ।  यस्तै सुमोका चालक अनिल विक र यात्रु चन्द्रकिशोर शाहको भने मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 

 

प्रतिकृया दिनुहोस