दोलखाबाट ४ केजी सुन बरामद
काठमाडाैं । नेपाल प्रहरीले दोलखाबाट ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेकाे छ ।
सुनजस्तो देखिने चार थान बिस्कुट बुधबार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दोलाखाले जनाएकाे छ । इलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरीले साे धातु बरामद गरेकाे छ ।
सुन परीक्षणका लागि पठाइएकाे र घटनामा अनुसन्धानका लागि ३ जनालाई पक्राउ गरिएकाे पनि प्रहरीले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस