प्रधानसेनापति शर्मा भारत प्रस्थान
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएकाे छ ।
भारतको नयाँ दिल्लीमा असोज ८ गतेदेखि १० गतेसम्म आयोजना हुने १३ औँ इण्डोप्यासिफिक आर्मिज चिफ कन्फरेन्समा सहभागी हुन प्रधानसेनापती शर्मा आ नयाँ दिल्ली प्रस्थान गर्नुभएकाे हाे ।
प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गर्नुभएकाे थियाे । सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारीलगायत सैनिक अधिकृतहरूको उपस्थिति थियो ।
त्यसअघि आजै प्रधानसेनापति शर्मालाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । प्रधान सेनापति शर्मा असोज ११ गते स्वदेश फर्किनुहुने कार्यक्रम रहेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।
प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायमुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुनेछ ।


प्रतिकृया दिनुहोस