सशस्त्रका ५६ एसपीलाई दर्ज्यानी चिह्न
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ५६ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट एसपीमा बढुवा भएका उनीहरुलाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको हाे ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हलचाेकमा आयोजित एक समारोहबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवा भएका एसपीहरुलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभयाे ।
भदौ ४ गतेको गृह सचिवस्तरीय बैठकबाट ५६ जना डीएसपीहरु एसपीमा बढुवा भएका थिए ।


प्रतिकृया दिनुहोस