• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सशस्त्रका ५६ एसपीलाई दर्ज्यानी चिह्न

सनराइज खबर संवाददाता

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ५६ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट एसपीमा बढुवा भएका उनीहरुलाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको हाे ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हलचाेकमा आयोजित एक समारोहबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवा भएका एसपीहरुलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभयाे ।

भदौ ४ गतेको गृह सचिवस्तरीय बैठकबाट ५६ जना डीएसपीहरु एसपीमा बढुवा भएका थिए । 

प्रतिकृया दिनुहोस