सशस्त्र प्रहरीका २ डीआईजी र १० एसएसीको सरुवा (सूचीसहित)
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक २ (डीआईजी) र १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) काे सरुवा भएको छ ।
गृह मन्त्रालयले सोमबार सशस्त्र प्रहरी बलका २ डीआईजी र १० जना (एसएसपी) काे सरुवा गरेकाे हाे ।
डीआईजी कमल गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएकाे छ । प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीआईजी अभिकुमार खत्रीलाई बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही पठाएको छ ।
सशस्त्रका एसएसपीबिनोदराज श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालयबाट राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलालीमा सरुवा गरिएको छ ।
प्रवीण कँडेललाई जवान तालिम शिक्षालय बाँके, दिगविजय सुवेदीलाई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, विश्वकुमार भट्टराईलाई सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासी र भुपेन्द्र केसीलाई सशस्त्रको मुख्यालयस्थित मानव स्रोत विभागमा सरुवा गरिएको छ ।
एसएसपी कमलप्रसाद तिउसिनालाई प्रशिक्षण प्रतिष्ठानबाट पाथिभरा जवान तालिम शिक्षालय झापा, नीरकृष्ण अधिकारीलाई बडीमालिका जवान तालिम शिक्षालय कैलाली, किरण बस्नेतलाई कार्य विभाग, उद्दवबहादुर न्यौपानेलाई पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ र किरण ढुंगानालाई सशसस्त्रको मुख्यालयस्थित सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।


प्रतिकृया दिनुहोस