• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

एसएसपीमा बढुवा सिफारिस भए सशस्त्र प्रहरीका १२ एसपी (सूचीसहित)

सनराइज खबर संवाददाता

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको बिहीबारको निर्णय अनुसार सिफारिस हुनेमा राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविनराज कर्णजीत, भरत खनिया, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकाश घिमिरे, तीर्थराज पौडेल, जहरसिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल रहनुभएकाे छ ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेका र नयाँ संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भई थप भएका गरी बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम एक को ख बमोजिम गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा बिहिबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिले कार्यसम्पादन मूल्याङ्कन, कमाण्ड तथा स्टाफ कोर्ष, जेष्ठता र व्यवसायिक क्षमतासमेतलाई आधार मानेर सिफारिस गरेको हो ।

प्रतिकृया दिनुहोस