पोल्याण्ड पठाइदिन्छु भन्दै ठग्ने एक जना पक्राउ
काठमाडाैं । पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका घर भई हाल काठमाडौंको बस्ने ४५ वर्षीय पुरण अस्लामी रहेका काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पाेल्याण्ड पठाइदिने र त्यहाँ जानका लागि ८ लाख लाग्ने भन्दै धनन्जय चौधरीसँगबाट १ लाख २० हजार रुपैयाँ लिएर अस्लामी सम्पर्कबिहीन भएका थिए । कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई साउन १६ गते नयाँबस्तीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस