• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नेदरल्याण्ड्स पठाइदिने भन्दै साढे ४४ लाख ठगी, एक जना पक्राउ

सनराइज खबर संवाददाता

काठमाडौं । नेदरल्याण्ड्स पठाइदिने भन्दै ४४ लाख ५० हजार रुपैयाँ ठगी गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-१३ स्थायी घर भई हाल काठमाडौंको बस्ने ३७ वर्षीय कपिल बर्मा रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । बर्मालाई साेमबार बिहान काठमाडाैं मण्डिखाटारबाट पक्राउ गरिएकाे हाे ।

प्रहरीका अनुसार बर्माले विक्रम कार्की समेत ६ जनालाई वैदेशिक रोजगारीको लागि नेदरल्याण्ड्स पठाईदिने  र त्यहाँ जान जनही १२ लाख रुपैयाँ लाग्ने बताएका थिए । नेदरल्याण्ड्स पुगेपछि प्रतिष्ठित सुपरमार्केट कम्पनीमा स्टोरकिपरको काम लगाइदिने र मासिक २ लाख रुपैयाँ तलब हुने विश्वास दिलाएका थिए । त्यसपछि बर्माले पीडितहरुबाट पटकपटक गरी ४४ लाख ५० हजार रुपैयाँ उठाएर सम्पर्कबिहीन भएका थिए ।

पीडितहरुले वैदेशिक रोजगार विभागमा बर्मा विरुद्ध ठगीको उजुरी दिएका थिए । विभागले पक्राउ गर्न अनुराेध गर्दै अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेकाे थियाे । खाेज तलास गर्ने क्रममा बर्मालाई आज पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा पठाइएकाे कार्यालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस