• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

बालुवाटार जग्गाकाण्ड : भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआइबी) ले बालुवाटारस्थित ललिता निवासको जग्गा काण्डबारे फेरि अनुसन्धान थालेकाे छ ।

साेही काण्डकाे अनुसन्धानका लागि सीआइबीले मंगलबार भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख एवं पूर्व सहसचिव कलाधर देउजा लगायत ५ जनालाई पक्राउ गरेकाे छ ।

गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरिएकाे सीआइबीले जनाएकाे छ । विशेष अदालत काठमाडाैंले ०७७ माघमा  सरकारी जग्गा व्यक्तिको नाममा पारेकाे मुद्दामा गुरुङलाई २ करोड धरौटीमा छोडेको थियो ।

बालुवाटार जग्गाकाण्डमा यसअघि ३ सय जनालाई प्रतिवादी बनाएर सीआइबीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।  सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै सीआइबीलाई नै फाइल फिर्ता पठाएको थियो । 

प्रतिकृया दिनुहोस