बालकृष्ण खाँडलाई म्याद थपका लागि अदालत लगियो
काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई जिल्ला अदालत काठमाडाैं लगिएकाे छ ।
बुधबार बिहान पक्राउ परेका खाँडलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालत बबरमहलमा उपस्थित गराएर म्याद थपको अनुमति लिन लागेको हो ।
खाँडलाई पक्रेर प्रारम्भिक बयान लिएकाे प्रहरीले अदालत लैजानुअघि उहाँकाे स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको थियाे ।
शरणार्थी प्रकरणकाे अनुसन्धानका लागि भन्दै खाँड र उहाँका निजी सचिव नरेन्द्र केसीलाई बुधवार बिहान चाबहिल मैजुबहालस्थि निवासबाटै पक्राउ गरेको हो ।


प्रतिकृया दिनुहोस