• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

दाङमा सशस्त्रका सहायक हवल्दारले आफैंलाई गाेली हाने

सनराइज खबर संवाददाता

काठमाडाैं । दाङमा सशस्त्र प्रहरीका सहायक हवल्दारको गोली लागेर ज्यान गएकाे छ ।

तुलसीपुर उपमहानगरपालिका-८ टिकरीका ३५ वर्षीय वसन्त केसीले आइतबार राति आफूले आफैंलाई गोली हानेका हुन् । उनकाे घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस