• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

नेपाली सेनामा जागिर खुल्याे (विज्ञापनसहित)

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबीबीएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इञ्जिनियर, एयर ट्राफिक कन्ट्रोलर लगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको हो ।

सेनाले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न १ सय ३७ जना कर्मचारी माग गरेकाे हाे । १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको पुरूष र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको महिलाले फारम भर्न सक्नेछन् । 

आजदेखि वैशाख २४ गतेसम्म दरखास्त फारम बुझाउने सकिने सेनाले निकालेकाे सूचनामा उल्लेख छ ।

हेर्नुस् विज्ञापन:

 

प्रतिकृया दिनुहोस