• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

लागू औषध कारोबारी रामजी पक्राउ 

सनराइज खबर संवाददाता

 

हेटौंडा ।  लागू औंषध बोकेर यात्रा गरिरहेका रामजी बानियाँ पक्राउ परेका छन् । 

वीरगञ्जबाट हेटौडातर्फ आउँदै गरेको ना४ख ६१५४ नम्बरको बस जाँचमा रामजीले लागुऔषध कोरेक्ससहित  ५०० एम्पुल लागुऔषध बोकेका थिए । 

उनलाई हेटौंडास्थित सशस्त्र प्रहरी बल १४ नम्बर गणले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चुरियामाई मन्दिरनजिकबाट पक्राउ गरेको हो । 

हेटौंडा–२ घर भएका ३० बानियाँलाई चेकजाँचको क्रममा लागू औषध भेटेपछि पक्राउ गरेको हेटौंडाका प्रहरी उपरीक्षक विकास घिमिरेले जानकारी दिएका छन् ।

यस्तै सोही बसमा बेबारिसे अवस्थामा डेढ लाख मूल्य बराबरको कपडा बरामद शसस्त्र प्रहरीको सो टोलीले बरामद गरेको छ । 

बेबारिसे अवस्थामा भेटिएको कपडामा कुर्ता, सलवार र साडी रहेको छ । १ लाख ५० हजार मूल्य बराबरको ती सामान भन्सार छलेर नेपाल ल्याइएको र शसस्त्र प्रहरीले जाँच गर्दा कसैले दाबी नगरेको उपरीक्षक घिमिरेले सनराइज खबरलाई बताए ।


 

प्रतिकृया दिनुहोस