एकैपटक ५५५ वटा मादल बजाएर नेपाली सेनाले राख्याे विश्व रेकर्ड
काठमाडाैं । नेपाली सेनाले एकैपटक ५ सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ ।
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा एकैपटक ५ सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरिएको हो ।
कीर्तिमान कायम भएपछि प्रधानसेनापति प्रभुराम शर्मालाई गिनिजबुक अफ वल्र्डका नेपाल प्रतिनिधिले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।


प्रतिकृया दिनुहोस