• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

टुँडिखेलमा यसरी मनाइयाे सेना दिवस (फाेटाेफिचर)

सनराइज खबर

काठमाडाैं । नेपाली सेनाले शनिबार देशभर विभिन्न कार्यक्रम गरी महाशिवरात्री एवं सेना दिवस भव्य रूपमा मनाएकाे छ ।

दिवसका अवसरमा काठमाडाैंकाे सैनिक मञ्च टुँडिखेलमा विशेष समाराेह आयाेजना गरिएकाे छ । समाराेहमा नेपाली सेनाले विभिन्न सैनिक कला प्रस्तुत गरेकाे छ । 

परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएकाे छ । समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले प्रस्तुत गरिएकाे छ ।  हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस-२०७९ लेखिएको ब्यानर प्रदर्शनी तथा पुष्पवृष्टि समेत गरिएकाे छ ।

बढाइँ कवाजसहितको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुभएकाे छ । सेनाकाे परमाधिपति समेत रहनुभएका राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुभएकाे छ ।

समाराेहमा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा लगायत सहभागी हुनुभएकाे थियाे ।

जंगीअड्डा मातहत देशका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

हेर्नुस् तस्विर:

तस्विर स्राेत : रासस

 

प्रतिकृया दिनुहोस