• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

डलर साट्ने लोभमा गुम्यो ७ लाख 

खबर स‌ंवाददाता

भक्तपुर । सस्तोमा अमेरिकी डलर साटेर कमाउने लोभ पाल्दा दोलखाको सैलुङ गाउँपालिका–३ घर भएका धर्म श्रेष्ठ (नाम परिवर्तन) ठगिएका छन् । 

सोमबार सस्तो मुल्यको डलर लिन ७ लाख ५० हजार बोकेर ठिमी–२ दिब्यश्वर प्लानिङ पुगेका उनी ठगीएका हुन् ।

अपरिचित व्यक्तिले डलर भन्दै रुमालमा बेरेको कागज दिएर उनको साथमा भएको नगद लिएर भागेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

सूर्यबिनायकमा बस्दै आएका श्रेष्ठलाई अपरिचित व्यक्तिले सस्तो मूल्यमा डलर दिने र सो डलरबाट लाखौं कमाइ हुने आश्वासन दिएका थिए । 

ठगीमा संलग्न व्यक्तिको खोजी भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस