• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

‘बलात्कार प्रयास’ आरोपमा मेडिसीटीका डाक्टर गिरफ्तार 

सनराइज खबर संवाददाता

काठमाडौं । उपचार गराउन आएकी एक महिलालाई बलात्कार गर्ने प्रयास गरेपछि ललितपुरको मेडिसीटी अस्पतालका डाक्टर पक्राउ परेका छन् । 

३० बर्षिया एक महिलालाई बलात्कारको प्रयास गरेपछि डाक्टर रोहित कुमार झालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक प्रसाद राईले जानकारी दिए । 

अस्पताल  परिसरबाटै पक्राउ गरिएका डा. रोहित इमर्जेन्सी विभागमा कार्यरत मुख्य डाक्टर हुन् । 

उपचारको बहानामा उनले महिलाको कपडा खोलेर संवेदनशील अंग सुम्सुम्याउँदै बलात्कार प्रयास गरेको पीडित महिलाले प्रहरीलाई बताएकी छिन् । 

प्रतिकृया दिनुहोस