‘बलात्कार प्रयास’ आरोपमा मेडिसीटीका डाक्टर गिरफ्तार
काठमाडौं । उपचार गराउन आएकी एक महिलालाई बलात्कार गर्ने प्रयास गरेपछि ललितपुरको मेडिसीटी अस्पतालका डाक्टर पक्राउ परेका छन् ।
३० बर्षिया एक महिलालाई बलात्कारको प्रयास गरेपछि डाक्टर रोहित कुमार झालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक प्रसाद राईले जानकारी दिए ।
अस्पताल परिसरबाटै पक्राउ गरिएका डा. रोहित इमर्जेन्सी विभागमा कार्यरत मुख्य डाक्टर हुन् ।
उपचारको बहानामा उनले महिलाको कपडा खोलेर संवेदनशील अंग सुम्सुम्याउँदै बलात्कार प्रयास गरेको पीडित महिलाले प्रहरीलाई बताएकी छिन् ।


प्रतिकृया दिनुहोस