चितवन मेडिकल कलेजमा फेला पर्यो पेस्तोल
काठमाडौं । चितवन मेडिकल कलेजको कम्पाउण्डमा पेस्तोल फेला परेको छ । दुई राउण्ड गोली लोड भएको ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल भरतपुरस्थित चितवन मेडिकल कलेजको कम्पाउण्डमा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले अनुसन्धानका लागि भन्दै सो कलेजमा कार्यरत ६ जना सुरक्षागार्डलाई नियन्त्रणमा लिएको छ ।
उक्त पेस्तोल कपडाको झेलाभित्र लुकाएर राखिएको अवस्थामा फेला परेको थियो ।


प्रतिकृया दिनुहोस