• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

पेशागत जिम्मेवारीमा रहि ईमान्दारिताकासाथ कार्यसम्पादन गर्नु: महानिरीक्षक राजु अर्याल

सनराइज खबर संवाददाता

काठमाडाैं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्पूर्ण सशस्त्र प्रहरीलाई पेशागत जिम्मेवारीमा रहि ईमान्दारिताकासाथ कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राज्यले सुम्पिएको जिम्मेवारी पुरा सशस्त्रकाे दायित्व रहेको बताउँदै सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरीहरुले आफ्नो जिम्मेवारीको क्षेत्रहरुमा खटिदा राष्ट्र र नागरिकले अपेक्षा लिए अनुरुपको कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।

उहाँले दर्जासँगै बढेको जिम्मेवारीलाई उच्च अनुशासित र ईमान्दारिता साथ जिम्मेवारी पुरा गर्न गर्न परिस्थिती अनुसार देश र जनताको सेवा, सुरक्षा तथा आपत विपद्मा परेकाको उद्धार कार्यमा लाग्नुपर्ने बताउनुभयाे ।

प्रतिष्पर्धात्मक युगमा समयसापेक्ष आफूलाई परिवर्तन गरी एउटा कर्तव्यनिष्ठ सेवककाे रुपमा उभ्याउँदै सदैव मुलुक र मुलुकवासीको सेवामा समर्पित रहनु पर्ने उहाँकाे भनाइ थियाे ।

सामना गर्दा चेनअफ कमाण्डमा रहि कार्य गर्नुपर्ने बताउँदै उहाँले संगठनको कार्यादेश अनुरुप विभिन्न दर्जागत तहमा तालिम संचालन गरी संगठनलाई प्राप्त जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्नुकासाथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरुमा कुशलतापूर्वक कार्यसम्पादन बहन गर्नसक्ने सक्षम एवं पेशागत दक्ष जनशक्ति उत्पादनको लक्ष्य लिई तालिमहरु संचालन गर्दै आईरहको बताउनुभयो ।

१२ हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र नायव निरीक्षकबाट बढुवा भएका १ सय जना सशस्त्र प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

तालिममा हतियार, कवाज, फिल्ड क्राफ्ट, व्याटल क्राफ्ट, अपराध अनुसन्धान, व्यवस्थापन लगायतका विषयवस्तुमा लेक्चर, छलफल, शोधपत्र तथा बाहिरी अभ्यासको विधिबाट सैद्धान्तिक एवं व्यवहारिक रुपमा प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस