• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपालमा यसाे गर्दैछन् भारतीय सेनाध्यक्ष पाण्डे

समाचार

काठमाडाैं । पाँच दिने भ्रमणमा नेपाल आउनु भएका भारतीय सेनाध्यक्ष मनोज पाण्डेले मंगलबार बिहान माउन्टेन फ्लाइट गर्नुका साथै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ । 

यस्तै अपरान्ह ३ बजे प्रधानमन्त्री देउवासँग उहाँले शिष्टाचार भेट गर्दै हुनुहुन्छ । उहाँले शनिबार साँझ हिन्दूहरुका आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ ।

भारतीय सेनाध्यक्ष पाण्डेले बुधबार मुक्तिनाथको दर्शन गर्ने तथा पोखरास्थित मध्य कमाण्ड हेटक्वाटरको निरीक्षण भ्रमण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उहाँले सोही दिन वसन्तपुरस्थित दरबार स्क्वायरको समेत भ्रमण गर्नुहुने छ । बिहीबार भने नेपालस्थित भारतीय राजदूतावासको भ्रमण गरी उहाँ स्वदेश फर्कनुहुने जनाइएको छ । 

–रासस

प्रतिकृया दिनुहोस