नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम आजदेखि
काठमाडाैं । नेपाली सेना र अमेरिकी सेनाले आजदेखि संयुक्त तालिम थाल्दैछन् ।
नेपाली सेना र अमेरिकी सेनाबी ३९ औं संस्करणको एक महिने एक्स-ब्यालेन्स नेल नामक संयुक्त तालिम आजदेखि सुरु हुन लागेकाे हाे ।
नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेन्जर गण र अमेरिकी सेनाको टुकडीबीच आजदेखि सुरु हुने साे तालिम भदौ ३१ गतेसम्म चल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
०६० सालदेखि नै नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालन हुँदै आएको तालिम रक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुन लागेको निर्देशनालयले जनाएको छ ।
छाउनी र नगरकोट इलाकामा सञ्चालन हुने साे तालिममा नेपाली सेनाका ८० र अमेरिकी सेनाका १६ जना सहभागी हुनेछ । साे तालिम द्वन्द्वका समयमा कानुन कार्यान्वयन तथा सैनिकको निर्णय प्रक्रिया लगायत विषयमा केन्द्रित निर्देशनालयले जनाएकाे छ ।
साे तालिममा सहभागी हुन क्याप्टेन ब्लाक डुक्याटेलको नेतृत्वमा आवश्यक सैन्य सामग्रीसहित अमेरिकी सेनाको टुकडी साेमबार आइसकेको छ ।


प्रतिकृया दिनुहोस