सिन्धुपाल्चोकमा भिरमा अड्किएका एक जनाको प्रहरीद्वारा उद्धार
काठमाडौं । सिन्धुपाल्चोकमा भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
जिल्लाको मेलम्ची नगरपालिका–११ सिमखेतस्थित भिरमा अड्किएका एक पुरुषको प्रहरीले उद्धार गरेको हो । गोरेटो बाटोमा हिँड्ने क्रममा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ तिम्बुका ३५ वर्षीय छिरिङ शेर्पा चिप्लिएर बाटोबाट करिब ५० मिटर तल मेलम्ची खोला माथिको भिरमा खसेर अड्किनु भएको थियो ।
सो बारे जानकारी पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल खानेपानी आयोजना सुरक्षा बेस मेलम्ची र इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली उहाँको उद्धार गरेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस