• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सशस्त्रका एआइजीलाई दर्ज्यानी चिह्न (तस्वीरहरु)

समाचार

काठमाडाैं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति हुनुभएका चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले गौतम सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उहाँको कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यावसायिकताको मूल्यांकन गर्दै नेपाल सरकारले पदोन्नति प्रदान गरेको स्मरण गर्दै आगामी कार्यकाल सफलताको शुभकामना दिनुभयो ।

उहाँले फौजी जीवनमा सबैले बर्दीको शान र दर्जाको मान राख्दै भ्रातृत्व, सद्भाव र आत्मविश्वाससँगै राष्ट्र र नागरिकको सेवामा जुट्नुपर्नेमा जोड दिनुभयो । 

तस्वीरहरु:

–रासस
(तस्वीर: Armed Police Force, Nepal)

प्रतिकृया दिनुहोस