• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

चितवनमा एक वर्षमा जंगली जनावरको आक्रमणमा २२ जनाको गयाे ज्यान

समाचार

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जंगली जनावरको आक्रमणबाट ज्यान गएको छ । 

चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जङ्गली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरुको मृत्यु भएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ । बाघको आक्रमणबाट १३ जनाको ज्यान गएको छ । यस्तै गैँडाको आक्रमणबाट ५ र जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको ज्यान गएको उहाँले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा जंगली जनावरको आक्रमणमा परी १२ जनाको ज्यान गएकाे थियो । त्यसमध्ये गैँडाको आक्रमणमा चार, बाघको आक्रमणमा चार, जंगली हात्तीको आक्रमणमा दुई, गौरी गाईको आक्रमणमा एक र बँदेलको आक्रमणमा परी एक जनाको ज्यान गएको निकुञ्जको तथ्यांकमा उल्लेख छ ।

–रासस
 

प्रतिकृया दिनुहोस