• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

शान्ति मिसनमा सुडान जाने सशस्त्रलाई बिदाइ

समाचार

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडान जान लागेका टोलीलाई आज बिदाइ गर्नुभएको छ । 

 

 सशस्त्र प्रहरी महानिरीक्षक केसीले सशस्त्र प्रहरी कर्मचारीले चेन अफ कमाण्ड, अनुशासन र सामूहिक भावनाका साथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी जिम्मेवारी निर्वाहमा जुट्ने विश्वास व्यक्त गर्नुभयो ।

 

महानिरीक्षक केसीले टोलीलाई संयुक्त राष्ट्रसंघीय मिसनमा रहँदा विभिन्न देशका सुरक्षाकर्मीसँग समन्वय तथा सहकार्य गरी मानवअधिकारको उच्च सम्मान गर्दै कुनै पनि जातजाति, भाषा, धर्म र लिङ्ग नभनी विश्वशान्ति स्थापनाको कार्यमा आआफ्नो ज्ञान, सीप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन पनि दिनुभयो । 

 

 उहाँहरुलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतले शुभकामनासहित हार्दिक बिदाइ गर्नुभएको हो ।

 

कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश थापाको कमाण्डमा १६ जना सिनियर अधिकृत, ३९ जुनियर अधिकृत र जवान गरी १ सय ८० सशस्त्र प्रहरी कर्मचारी वैशाख १२ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।

–रासस

प्रतिकृया दिनुहोस